बैंकिङ खबर/भारतीय केन्द्रीय बैंक, रिजर्व बैंक अफ इन्डिया (आरबीआई)का गभर्नर शक्तिकान्त दासलाई ‘गभर्नर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ। ‘इन्टरनेशनल इकोनोमिक रिसर्च जर्नल सेन्ट्रल बैंकिङ्ग’ ले उनलाई उक्त अवार्ड प्रदान गरेको हो ।
अप्ठ्यारो समयमा स्थिर नेतृत्व गरेको भन्दै दासले यो पुरस्कार प्राप्त गरेका हुन्। यससँगै युक्रेनको नेशनल बैंकलाई ‘सेन्ट्रल बैंक अफ द इयर’ अवार्ड प्रदान गरिएको छ।
दासले ठूलो गैर–बैंकिङ फर्म आईएल एण्ड एफएस तात पल्टिएदेखि कोभिड १९ महामारीको पहिलो र दोस्रो लहरका साथै युक्रेनमा रूसको आक्रमणसम्मका चुनौतीहरूको सामना गरेका थिए ।