Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिवाईसी नेपाल र आँधिखोला लुघुवित्त वित्तीयको एकीकृत कारोवार शुरु

२०७९ चैत्र १ गते

बैंकिङ खबर/सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र आँधिखोला लघुवित्त वित्तीय संस्था लि. बिच एकीकृत कारोवार शुरुवात भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र १० जिल्ला कार्यक्षेत्र भएको आँधिखोला लघुवित्त वित्तीय संस्था लि. ले मंगलबार एक कार्यक्रमका बिच एकीकृत कारोवार शुभारम्भ गरेका हुन ।

एकीकृत कारोवारको शुभारम्भ कार्यक्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.को मुख्य पूवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले दिप प्रज्वलन, व्यानर अनावरण र रिवन काटेर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताउनु भयो । संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले गरिब तथा विपन्न वर्गको सारथीको रुपमा रहेको लघुवित्त क्षेत्रलाई पछिल्लो समयमामा अमुक समुह मार्फत भ्रामक प्रचारबाजी गरेर बद्नाम गर्न खोजिएकाले यस्तो खालको प्रवृत्ती समग्र अर्थतन्त्रका लागिनै खतराजनक रहेको धारण राख्नु भएको थियो ।

कार्यक्रममा माईक्रोफाईनान्स एसोसियसन नेपालका अध्यक्ष जगतबहादुर पोखरेल, आँधिखोला लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष नरेश के.सी., सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक कृष्णबहादुर थापा, आँधिखोला लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक विद्या श्रेष्ठ, आँधिखोला लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कायक्रमकै क्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले दुवै संस्था एकिकृत भए पश्चात संस्थाको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३ सय ८८, कोष १३ करोड २२ लाख ४४ हजार ९९, कुल बचत २ अर्व ६ लाख, लगानीमा बाँकी कर्जा ५ अर्व ४३ करोड ९३ लाख, सदस्य संख्या १ लाख १२ हजार ८ सय ४६, शाखा संख्या १३०, कर्मचारी संख्या ५३९ र सेवा पुगेको जिल्ला ७७ रहेको जानकारी गराउनु भएको थियो ।

गत आश्विन ७ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले एक आपसमा मर्ज गर्ने प्रस्ताव पारित गरेको थियो । एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पौष ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फाल्गुण १५ गते अन्तिम स्वीकृत प्रदान गरेका थिए ।

सिवाईसी नेपालको १०० कित्ता शेयरलाई आँधिखोला लघुवित्त वित्तीय संस्थाको ७० कित्ता (१ः०.७०) कायम हुने गरी शेयर आदान प्रदान अनुपात कायम गरिएको छ । संस्थाले यस पूर्व शालिग्राम लघुवित्त वित्तीय संस्था लि. लाई समेत प्राप्ति गरेको थियो ।

एकीकृत कारोवार शुभारम्भ सामारोह सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षता संयुक्त मर्जर समितिका संयोजक तथा सिवाईसीका सञ्चालक ओमप्रकाश पौडेलको स्वागत र कम्पनी सचिव प्रतिमा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।