
बैंकिङ खबर/सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (SALICO) को एकीकृत कारोवार शुरु भएको छ ।
यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसैगरी, सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३-३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरिएको छ ।
साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह)गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरी साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह)अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भटृराई, (सर्वसाधारण समूह) गरी ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।
त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मुलले सोमबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।



