बैंकिङ खबर/ वाणिज्य र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक वर्षको मुद्दती निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए।
तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय भएको छ । उनका अनुसार अब छोटो र लामो अवधिको मुद्दती निक्षेपको ब्याज दर फरक हुने छ ।
निक्षेपको ब्याज दर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ। आधार दर कम हुँदा ऋणको ब्याज दर पनि घट्ने छ। फाइनान्स कम्पनी संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन। कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्ने छन्।