बैंकिङ खबर/वाणिज्य बैंकहरुले चैतबाट लागू हुने गरी बैंक ब्याजदर घटाएपनि उद्योगी व्यवसायीहरुले भने आन्दोलन जारी राखेका छन् । उनीहरुले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ‘ब्याज दर हामीलाई चर्को भो ! गरिखान गाह्रो भो !’ भन्दै नारा लगाएका थिए ।
उद्योगी व्यवसायीहरुले प्रिमियम दर बृद्धि नियन्त्रण गर, बैंक हामीलाई प्यारो छ, ब्याज बृद्धिले हामीलाई गाह्रो भन्ने जस्ता नारा गरेका थिए । यसैगरी उनीहरुले मौद्रिक नीति परिमार्जनको माग समेत गरेका छन् ।
देशभरका उद्योगी व्यवसायीहरुले विद्यमान चर्को बैंक ब्याजदर तथा वित्तीय समस्याले उद्योग, व्यापार तथा व्यवसायमा परिरहेको समस्या समाधानार्थ शान्तिपूर्ण विरोध कार्यक्रम गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बैंकहरूले ब्याजदर घटाउनु सकारात्मक कुरा भए पनि त्यो पर्याप्त नभएको बताउँछन् । उनी भन्छन्, “एकल अंकमा ब्याजदर नझरेसम्म अब त्यो आन्दोलन रोकिँदैन ।”




