Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सगरमाथा र लुम्बिनी जनरलको एकीकृत कारोबार फागुन २९ गतेदेखि

२०७९ फाल्गुन २६ गते

बैंकिङ खबर/ सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार फागुन २९ गतेदेखि हुने भएको छ । दुबै कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण काम सकिएपछि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् ।

दुबै कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । यस्तै नेपाल बीमा प्राधिकरणले फागुन १६ गते, नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जर पश्चात बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिकाको वडां. १ नक्सालमा रहनेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) क्रमश १००ः८० कायम रहने गरी मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

साथै दुवै कम्पनीको आ‍व २०७८-७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेशियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

 

Ad