
बैंकिङ खबर/आशा लघुवित्तको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले यस अघि आर्थिक वर्ष ७८÷७९ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
तर अब कम्पनीले १४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ३३ करोड ३९ लाख १४ हजार रहेको छ ।