Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अब क्यूआरबाट नेशनल लाईफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्न मिल्ने

२०७९ फाल्गुन १५ गते

बैंकिङ खबर/ निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उद्देश्यले फोन पे मार्फत डाइनामिक क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

फोन पे नेटवर्कमा आवद्ध वित्तीय संस्था इसेवाको माध्यामबाट कम्पनीको सबै शाखा मार्फत बीमाशुल्क बुझाउन सकिन कम्पनीले जनाएको छ । आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कम्पनीले ग्राहकहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको उपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोह आयोजना गरी सो सेवाको औपचारिक शुरुवात गरिएको हो ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।