Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्न कृषि विकास बैंक तत्पर रहनेछः सिईओ गुरुङ

२०७९ फाल्गुन १५ गते

बैंकिङ खबर/ कृषि विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले उच्चस्तरी बैंकिङ सेवा सुविधा प्रदान गर्दै जाने बताएका छन् । उनले कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको गरिमामय तथा गहन जिम्मेवारीका लागि नियुक्त भएकोप्रति सबैमा धन्यवाद समेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘६५% जनता कृषिमा आधारित रहेको नेपालको निर्बाहमुखी कृषि प्रणालीलाई बित्तिय पहुँच मार्फत व्यवशायिक कृषि प्रणालीमा रुपान्तरण गरी नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने पवित्र उद्धेश्यका साथ स्थापित गरिमामय इतिहास बोकेको कृषि विकास बैंकले साना, मझौला, ठुला किसान लगायत सम्पूर्ण तह तप्काका उद्योगी, ब्यापारी तथा बचतकर्ता ग्राहक महानुभावहरुलाई उच्चस्तरीय ग्राहक सेवा सहित पुर्ण रुपमा व्यवशायिक बैकिङ्ग (full fledged commercial banking) सेवा/सुविधा उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा पनि दक्ष मानव संसाधन तथा अत्याधुनिक प्रबिधिको माध्यमबाट ग्राहक मैत्री वातावरणमा उच्चस्तरीय बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै जाने र कृषि विकास बैंकको शाख र छविलाई सदैब उँचो राख्ने प्रतिबद्धता सहित अनगिन्ती चुनौतीहरुलाई अवसरमा बदल्नका लागि यहाँहरु सबैको निरन्तर साथ सहयोगको अपेक्षा गर्दछु ।’

Ad