Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बावियाचौर म्याग्दी शाखाद्धारा ‘समृद्धिको मार्गमा’ पुस्तक हस्तान्त्रण

२०७९ फाल्गुन १४ गते

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था बावियाचौर म्याग्दी शाखाले संस्थाका ग्राहक सदस्यहरुको सफलताका कथाहरु समेटिएको ‘समृद्धिको मार्गमा २०७९’ नामक पुस्तक मंगला गाउँपालिका अध्यक्ष सत प्रसाद रोकालाई हस्तान्त्रण गरेको छ ।

हरेक वर्ष संस्थाले आफ्ना १ सय ८५ शाखा कार्यालय मार्फत वितरण गरेको कर्जा सदुपयोग गरी प्रगती पथमा लम्कीरहेका ग्राहक सदस्यहरुको सफलताका कथाहरु समेटेर उक्त पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।

उक्त पुस्तकमा कार्यकारी अधिकृतको सन्देश व्यवसायिक परियोजना तथा संस्थाले गरेका विभिन्न किसिमका सामाजिक उत्तरदायित्वहरु समेटेर तयार पारिएको छ । संस्थाले हाल कर्जा १० प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याज लिएर बिनाधितो ५ लाखसम्म र धितोमा आधारित अधिकतम ७ लाखसम्म कर्जा लगानी गरी रहेको छ ।

दलित , अपाङ्ग, एकल महिला , द्वन्द्व पीडितका लागि १ प्रतिशत ब्याज कम लिने गरेको छ । साथै बचतमा अधिकतम १२.५५ प्रतिशतसम्म ब्याज दिने गरेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित पिछडिएको वर्गका महिलाहरुलाई बिना धितो सामुहिक जमानीमा कर्जा लगानी गर्ने र ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च, प्रकृतिक प्रकोप, बाढी पहिरो आगलागी, भूकम्प, हावाहुरी आदीबाट प्रभावितलाई राहत प्रदान गर्नुका साथै घातकरोग लागेमा आर्थिक सहयोग, छात्रवत्ति तथा विधालय अनुदान जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

संस्थाले सीपमुलक तालिम, उधमशिलता तालिम, वित्तीय साक्षरता व्यावसायिक साक्षरता, तथा सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको छ । समुहमा हुने कुरीति अन्धविश्वासबाट मुक्त गर्नको लागि संस्थाले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेपनि कतिपय ठाउँमा त्यसको प्रचारप्रसार हुन नसकेको कारण अहिले सिंगो लघुवित्तमाथि प्रहार भई रहेको अवस्थामा निर्धन उत्थान लघुवित्तले समाजमा गरेका असल कामको दस्तावेजिकरण गर्न उक्त पुस्तक प्रकाशनमा ल्याएको हो ।

हाल संस्थाले देशका ७७ जिल्लका ५४९ स्थानीय निकायमा १८५ शाखा कार्यालय मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको शाखा प्रमुख कलक राज बनले जानकारी दिए ।