बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड कर्मचारीका लागि ‘प्रभावकारी फिल्ड व्यवस्थापन’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
दुई दिने तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार, नुवाकोट र कटुन्जे, भक्तपुर अन्तर्गतका १६ शाखा कार्यालयका ४८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिमलाई सम्बोधन गर्नुहुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुलाई तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उतार्ने र मनोबल उच्च बनाइ सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
तालिममा संस्थाले दिँदै आएको सेवा तथा सुविधा, वर्तमान परिस्थितिमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिइएको थियो। तालिम योजना तथा तालिम विभागका प्रमुख उमेश मान डङ्गोल, कर्जा विभागका रवि प्रसाद आचार्य लगायतले प्रशिक्षण दिनुभएको थियो ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।




