February 23rd, 2023

छिमेक लघुवित्तको साधारणसभा आह्वान

 

बैंकिङ खबर/ छिमेक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १० गते हेटौडाको होटेल सामनामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र ३.२६ प्रतिशत नगद गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २४ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।