
बैंकिङ खबर/कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो। अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए। पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ।