Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनआइसी एशिया लघुवित्तको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त

२०७९ फाल्गुन ८ गते

बैंकिङ खबर/ एनआइसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र संस्थापक समूहको प्रतिनिधि सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्। एनआइसी एशिया लघुवित्तको संस्थापक एनआइसी एशिया बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको १६६औं बैठकले उक्त निर्णय गरेको हो।

यस अघि उक्त पदमा सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए। नवनियुक्त अध्यक्ष सन्तोष कुमार राठीले फागुन ८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन्।

यस्तै, सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन्। राठी र भारी हाल एनआइसी एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन्। राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको बताइएको छ।