ज्ञानेन्द्र ढुंगाना
प्रमुख कार्यकारी अधिकृत
नबिल बैंक
ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जम्मा गरेका छन् । त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ । बैंकहरुले कमाउने अर्ब ठूलो होइन । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन ।
बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं । विगतदेखि निक्षेप घट्दै गइरहेका छन् । बैंकहरुमा कोभिडको समयमा तरलता बढी भएको समयमा व्यापार व्यवसाय ठप्प थियो । बैंकमा पैसा थुप्रिएर बसेको थियो । तर बैंकले निक्षेपकर्ताहरुलाई ब्याज तिर्नुपर्ने थियो । त्यो समय लगानीको वातावरण नभएपछि प्रिमियम घटाएर शुन्य प्रतिशतमा नै दियौं ।
कोभिडपछि बैंकहरुमा निक्षेप बढेन । निक्षेपको रेट बढ्दै गयो । ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको बैंकहरुलाई नोक्शान हो । प्रिमियम भनेको सबै नाफा होइन । बेसरेटमा बैंकको सबै खर्च समावेश छैन । ऋणीहरुको त्यो गलत बुझाई हो ।
पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको छ । कोभिड सकियो भने पनि कोभिडको असर पनि सकियो भन्ने अवस्था छैन । कोभिडको असर अब देखिँदैछ । कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न सकेका छैन ।
जुन गम्भीर समस्या हो । अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उदेश्य मूल्य वृद्धि नियन्त्रण गर्नु हो । अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्दा नेपाल त्यसबाट अछुतो रहन सक्दैन । त्यसैले तत्काल बैंकको ब्याजदर घट्ने अवस्था छैन । बजारमा तरलता सहज होला र ब्याजदर घट्ला भन्ने विषय एक ठाउँमा रहेको छ । सरकारले बजेट घटाएको छ ।
त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्छ । सरकारले विकास खर्च गर्न सक्दैन । सँधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर गर्छ । १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि बैंकहरुले धेरै मार्जिन राखेको छैन ।
(नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रियामा ढुंगानाले राख्नुभएको मन्तव्यको सम्पादित अंश ।)