Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश

२०७९ फाल्गुन ३ गते

बैंकिङ खबर/सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश गरेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेश पेश गरेका हुन् ।

विधेयक पेश गर्दै मन्त्री प्रधानले बैंकिङ प्रविधि र व्यवसायको विश्वव्यापिकरणसँगै बढ्दै गएको आर्थिक अपराध समेत बढ्दै गएको, एक देशमा बसी अर्को देशमा अपराध गर्न सक्ने भएको, नेपालबाट विभिन्न तरिकाले पूँजी पलायन गराउने, विप्रेषणलाई हुण्डीको माध्यमबाट विदेशमा नै रोक्ने, राजस्व छल्नेजस्ता आर्थिक अपराध गर्ने अपराधिक आर्जनको विदेशमा नै भुक्तानी दिने लिने कार्यका विरुद्ध कारबाही चलाउन पर्याप्त कानूनी व्यवस्था गर्न आवश्यक भएको बताए । त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो ।

Ad