बैंकिङ खबर/आगामी तीन महिनामा १० प्रतिशतले मूल्य वृद्धि हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा सहभागी उपभोक्ताले तीन महिनामा १० प्रतिशत रहेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरेको हो ।
यस सर्वेक्षण पुस २४ देखि ३० गतेसम्म ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत गरेको थियो । २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा सहभागी ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेको जनाएका छन् । त्यस्तै ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको हिस्ता २०७९ असोजको तुलनामा घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा बढेको सर्वेक्षणमा देखिएको छ ।
IESN-Report-2079-80Q2