Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले डाक्यो एजीएम

२०७९ फाल्गुन ३ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौं तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।