
बैंकिङ खबर/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट व्यवस्थापनमा थप चुनौती थपिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनसम्बन्धमा वक्तव्य दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
विगतमा स्रोतको सहमति दिइएका कतिपय योजनाहरू मन्त्रालयहरूको बजेटको सीमा भित्र समावेश नभएकाले अहिले बजेट व्यवस्थापन थप चुनौती भएको उनको भनाइ छ। उनका अनुसार समीक्षा अवधिमा वैदेशिक अनुदान ७ अर्ब २१ करोड,वैदेशिक ऋण २८ अर्ब ५७ करोड,आन्तरिक ऋण ३० अर्ब परिचालन गरिएको छ।
चालु आर्थिक वर्षमा अनिवार्य दायित्वका केही खर्च शीर्षकमा न्युन विनियोजन भएकाले विषयगत मन्त्रालयबाट अर्थमन्त्रालयमा थप बजेट माग गरिकाले बजेट व्यवस्थापन सहज नभएको उनको भनाइ छ।
रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा विनियोजन रकम पर्याप्त नभए बताए। उनले आन्तरिक ऋणको उच्च व्याजदरका कारण चालु खर्चमा चाप परेको बताए।