February 10th, 2023

मर्जरमा बीमा कम्पनी: ढिलाइ गर्नेलाई प्राधिकरणको दवाव

बैंकिङ खबर/मस– पुँजीवृद्धि गरिसक्नुपर्ने अन्तिम समय नजिकिँदै गर्दा यतिबेला बीमा कम्पनीहरु धमाधम मर्जर प्रक्रियामा जान थालेका छन् भने केहि जाने तयारीमा छन् । नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र विदेशी कम्पनीको शाखा दि–ओरेन्टल मर्जरमा जान आन्तरिक छलफलमा जुटेका छन् । विदेशी कम्पनीको शाखा दि–ओरेन्टल भने अर्को विदेशी कम्पनीको शाखा नेशनल इन्स्योरेन्स मर्जरमा जाने तयारीमा छ ।

अधिकांश मर्जरको तयारीमा रहेका कम्पनीले माघभित्र एकीकृत करोबार शुरु गर्ने जनाए पनि कारोबार शुरु भने गर्नसकेका छैनन् ।
मर्ज भई पुँजी बढाउने अधिकांश कम्पनीले मर्जरको अन्तिम टुंगो समेत लगाउनसकेका छैनन् । यी कम्पनीलाई चैतभित्र पुँजी पुर्‍याउन सकस पर्ने देखिन्छ ।

एकीकृत कारोबार गर्ने कम्पनी

निर्जीवन बीमा कम्पनीतिर हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई एकीकृत कारोबार शुरु गरेका छन्।

यता जीवन बीमा कम्पनीहरूमा ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले समेत एकीकृत कारोबार सुरु गरिसकेका छन् । अन्य १३ कम्पनीमध्ये आठले प्राधिकरणबाट सैद्धान्तिक सहमति पाए पनि मर्जरको अन्तिम सम्झौता गरेका छैनन्।

निर्जीवनतिर सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स र जीवनतिर प्राइम लाइफ, गुँरास लाइफर युनियन लाइफले मर्जको अन्तिम सम्झौता गरेका छन्।

सैद्धान्तिक सहमति पाएका दुई कम्पनीको मर्जर समेत भाँडिएको छ। प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेनसको मर्जर प्रक्रिया भाँडिएको हो।

कम्पनीहरूबीच स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर भाँडिएको कम्पनीहरूले जनाएका छन्। मर्जरको प्रक्रियामा ढिलाइ गरेको भन्दै बीमा प्राधिकरणले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर प्रक्रिया तीव्रता दिन भनेको छ।

मर्जर भाँडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जरमा जाने निर्णय गरेको छ। यी दुवैलाई मर्जरको प्रक्रियामा जान केही समय लाग्ने देखिन्छ।

प्राधिकरणले मर्जर प्रोत्साहन गर्दै कम्पनीहरूलाई सुविधा प्रदान गर्नेछ। प्राधिरणले चैत मसान्तभित्र एकीकृत कारोबार शुरु गर्ने सुविधा दिनेछ ।

मर्जर प्रक्रियामा रहेका कम्पनीहरूमध्ये मर्जरपश्चात पनि केही कम्पनीहरूको चुक्ता पुँजी नपुग्ने देखिन्छ भने मर्ज भई एकीकृत करोबार गरेका कम्पनीहरूको पनि पुँजी पुगेको देखिँदैन।