Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सुधीर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामी गर्दै कर्मचारी सञ्चय कोष

२०७९ माघ २० गते

बैंकिङ खबर/कर्मचारी सञ्चय कोषले व्यवसायी सुधीर बस्नेतको ललितपुरस्थित कोहिनुर हिल हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको छ। सञ्चय कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कुहिनुर हिलको नाममा रहेको चल अचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको हो ।

सञ्चय कोषले १५ दिनभित्र प्रस्ताव पेस गर्न खरिदकर्तालाई भनेको छ। पटक–पटक म्याद दिँदा पनि भुक्तानी गर्न नआएर ऋण सम्झौतामा भएका उल्लेखित सर्तहरु उलंघन गरेकाले लिलामी गर्न लागेको कोषले जनाएको छ । यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो ।

कोषले पटक–पटक लिलामीको सूचना निकाले पनि बिक्री हुन सकेको छैन। कोहिनुर हिल हाउजिङको नाममा रहेको ललितपुर साविकको इमाडोल रहेको जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरु खरिदका लागि कोषले शिलबन्दी आह्वान गरेको हो। सञ्चय कोषका अनुसार बस्नेतले कोहिनुरका लागि २३ करोड ७० लाख रुपैयाँ कर्जा लिएका थिए।

Ad