Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तका कर्मचारीलाई लघुउद्यम तालिम

२०७९ माघ १८ गते

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय अत्तरीयाले एक कार्यक्रमकाबीच कर्मचारीहरुलाई १/१ दिवशिय लघुउद्यम तथा Delinquency Management सम्बन्धी तालीम अत्तरीयाको नमस्ते होटलमा सम्पन्न गरेको छ ।

उक्त तालिममा अत्तरीया क्षेत्रीय कार्यालय अन्तर्गतका २० जना शाखा प्रमुखहरु र २४ जना सहायक कर्मचारीहरु को सक्रिय सहभागिता रहेको थियो । तालिममा श्रोत व्यक्तिको रुपमा मालपोतका अधिकृतद्धय नन्दलाल पाण्डे र भवानी सिंह तमौलीलै बैंक र मालपोत कार्यालयसँगको काम जग्गा रोक्का, फुकुवा, मालपोत रजिष्ट्रेसन, दृष्टिबन्धक लगायतका कारवाही प्रकृया सम्बन्धमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो ।

नापी कार्यालयका अधिकृत जनकराज जोशीले नक्सा हेरेर जग्गाको जग्गाको पहिचान गर्ने, जग्गाको एकाइ मापन, नक्सामा खोला बाटोको संकेत पत्ता लगाउन लगाएतका बारेमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो ।

वाणिज्य बैंकको अनुभव बाँड्ने, परियोजना छनौट, ग्राहक छनौट, धितो मूल्याङ्कन, परियोजनाको मूल्यांकन, वाणिज्य बैंकद्वारा प्रयोग गरिने व्यवसायिक ढांचा, ब्यापार योजना, नाफा नोक्सान र सम्पत्ति मुल्याङ्कन, बजारिकरण गर्ने तौर तरिका र किस्ता सेटिङ्ग, ताकेता लिलामी प्रक्रियाहरू र कर्जा जोखिम व्यवस्थापन प्रकृया सम्वन्धमा सनराइ बैंकका क्षेत्रीय प्रमुख प्रदिप प्रसाद भट्टले सहभागीहरु लाई तालीम प्रदान गर्नुको साथ साथै अनुभव बाँड्नु भएको थियो ।

सहभागीको तर्फवाट अत्तरीया शाखाका शाखा प्रमुख शुरेन्द्र प्रसाद चौधरीले र स्वास्थचौकी शाखाका सहायक दिव्यश्वर अवस्थिले तालीम उपलव्धी मुलक भएको र तालीममा सिकेको सिपले संस्थाको जोखीममा रहेको कर्जा न्युन गर्न का लागी कार्यगर्न थप प्रेरित गरेको बताउनुभएको थियो ।

अन्तमा क्षेत्रिय प्रमुख गोकर्ण प्रसाद उपाध्यायले तालिममा सिकेका कुराहरु शाखाले ब्यवहारमा उतारि संस्थाले लिएको लक्ष्य अनुसारको प्रगति हासील हुने गरी कार्य सम्पादनगर्नेमा क्षेत्रीय कार्यालय विश्वस्थ रहेको जानकारी गराउँर्दै तालिमको समापन गर्नु भएको थियो । साथै तालीमको सहजीकरण कार्यक्रम अधिकृत .बुद्धि प्रकाश घिमिरेले गर्नु भएको थियो ।