January 31st, 2023

ब्याजदर तोक्ने अधिकार बैंकलाई दिन माग

बैंकिङ खबर/सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष राजनसिंह भण्डारीले ब्याजदर तोक्ने अधिकार बैंकलाई नै दिनुपर्ने बताएका छन्। इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले मंगलबार आयोजना गरेको कार्यकममा भण्डारीले यस्तो बताएका हुन्।

राष्ट्र बैंकले बैंकहरूको कर्जा र निक्षेपको ब्याजअन्तर (स्प्रेड दर) समेत तोक्न नहुने उनले बताए । बैंकले ब्याजदरको जानकारी भने पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताए।
प्रतिस्पर्धाको कारण स्प्रेड दर र ब्याजदर आफैं मिल्दै जाने पनि उनको भनाइ छ ।

सिइओहरूले टार्गेट पूरा नगर्दा एक महिनाको समय तोकेर निकाल्न सक्ने व्यवस्था समेत रहेको उनले जानकारी दिए। कार्यक्रममा महालेखा परीक्षक कार्यालयका महानिर्देशक टंकमणि शर्मा दंगालले भने भ्रष्टाचार नियन्त्रणमा चार्टर्ड एकाउन्टेन्ट (सिए) हरूको भूमिका महत्वपूर्ण हुने बताए छ ।

त्यस्तै संस्थाको विवरणमा व्यवस्थापन मात्र जिम्मेवार नहुने र चार्टर्ड अकाउन्टेन्टको हस्ताक्षरको पनि जिम्मेवारी हुने भएकाले त्यसमा ध्यान दिनु पर्ने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]