January 31st, 2023

डोल्टी पावर र भूगोल इनर्जीलाई आईपीओ निष्काशन गर्ने अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुईवटा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।

अनुमतिसँगै अब डोल्टी पावरले चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ बिक्रीपछि कमपनीको चुक्तापुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ पुग्नेछ।

यसैगरी भूगोल इनर्जीले पनि चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १६ लाख १२ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ बिक्रीपछि कमपनीको चुक्तापुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँ पुग्नेछ।

यी दुवै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री गर्नेछन्। सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताबाट १० प्रतिशतले हुन आउने सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ। यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]