Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काठमाडौंका मेयर बालेन र गभर्नर महाप्रसाद अधिकारीबीच भेट

२०७९ माघ १६ गते

बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सोमबार भेट भएको छ । भेटमा स्थानीय सरकार मातहतमा रहेका सहकारी संस्था लगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण लगायतको विषयमा छलफल भएको मेयरको सचिवालयले जानकारी दिएको छ ।

गभर्नर अधिकारीसँगको भेटमा मेयर साहले महानगर आफैंले सहकारीको नियमन गर्नका लागि आफ्नै विभाग र नियमन समिति भएकोले यसलाई थप प्रभावकारी बनाउने विषयबारे जानकारी गराएको सचिवालयले जनाएको छ ।

पछिल्लो समयमा सहकारीहरुमा देखिएका समस्यामा स्थानीय तहले खेल्नसक्ने भूमिकाको विषय पनि छलफल भएको सचिवालयको भनाइ छ । सहकारी तथा वित्तीय संस्थाको दूरगामी नीति/कार्यविधि तर्जुमा गर्ने विषयमा पनि मेयर साह र गभर्नर अधिकारीबीच छलफल भएको महानगरले जनाएको छ । वित्तीय समस्या र नीति सम्बन्धी विषयमा आवश्यक समन्वय, सहकार्य र छलफललाई थप बाक्लो बनाउने विषयमा मेयर साहले जोड दिएका थिए ।

Ad