January 30th, 2023

कृषि विकास बैंकको सीईओमा २२ जनाको आवेदन

बैंकिङ खबर/ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा २२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्म बैंकको सीईओका लागि २२ जनाको आवेदन परेको हो ।

सीईओका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङदेखि सहकारी राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि कुमार गुरागाईंसम्मले आवेदन दिएका छन् । यस्तै, सिडिएस एण्ड क्लियरिङ्गका सीईओ पूर्ण प्रसाद आचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कविराज अधिकारीले पनि बैंकको सीईओका लागि आवेदन दिएका हुन् ।

यस्तै, कृषि विकास बैंकबाट नै दुई जनाको आवेदन परेको छ । बैंकका निमित्त सीईओ समेत रहेका वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले सीइओ पदका लागि आवेदन दिएका छन् ।
हाल बैंकको कायम मुकायम सीईओको जिम्मेवारी उपमहाप्रबन्धक सुवेदीले नै सम्हालिरहेका छन् ।

यस्तै, बैंकको सीईओ पदका लागि नेपाल सरकारका पूर्व सहसचिवदेखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकले समेत आवेदन दिएको बैंकले जनाएको छ ।

यस्तै, बैंकको सीईओका लागि विष्णुदेव यादव, भानु कँडेल, ताराखर अधिकारी, प्रमेश कायस्थ, नरेश कुमार रोका, विश्व प्रकाश सुवेदी, कुमार केसी, रामराज उपाध्याय, अशोक कुमार पौडेल, रमेशराज जोशी,सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुण कुमार ढुंगाना र प्रमोद बाबु तिवारीले बैंकको सीईओ पदका लागि दाबी गर्दै आवेदन दिएका छन् ।

बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो ।

बैंकले योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा सीईओका लागि छनोट गर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुमध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]