January 29th, 2023

दुई लघुवित्तको लाभांश घोषणा

बैंकिङ खबर/ उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६१.७५ प्रतिशत बोनस शेयर र ३.२५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिभिल लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

हकप्रद निष्काशन

हिमालयन उर्जा विकास कम्पनीले दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्काशन हुनेछ । साथै, विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]