Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चर्को ब्याज र धितो लिलामीले बैंकले मर्कामा पारेः महासंघ

२०७९ माघ १५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले मर्का पारेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।
महासंघको शुक्रबार भएको बैठकले आन्दोलनमा जाने निर्णय गरेको अध्यक्ष कुमार कार्कीले बताए।

आर्थिक मन्दीले मुलुकको अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था आएका बेला बैंकहरुले उद्योगी व्यवसायीलाई ढाडस दिनुको साटो निरुत्साहित गर्दै आएको उनले बताए। व्यवसायीले आत्महत्या गर्ने अवस्था आयो।’ आफ्ना माग राखेर महासंघले शान्तिपूर्ण आन्दोलन गर्ने उनले बताए।

महासंघका अध्यक्ष कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरुप्रति लिने नीति व्यवसायी मैत्री नभएको आरोप लगाए।

Ad