
बैंकिङ खबर/चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १४ हजार ३८२ जनालाई कालोसूचीमा राखिएको छ । गत आर्थिक वर्षमा साउनदेखि माघ ११ को अवधिमा जम्मा ५८७९ जना ऋणी कालोसूचीमा परेका थिए । कर्जा सूचना केन्द्रकाअनुसार समयमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा कालोसूचीमा राख्ने गरिन्छ ।
चालु आर्थिक वर्षमा कालोसूचीमा राखिएकामध्ये १३ हजार ८८८ जना विभिन्न व्यवसायी वा उद्यममा संलग्न रहेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरु छन् भने बाँकी व्यक्तिगत रुपमा ऋण लिनेहरु छन् ।
आर्थिक रुपमा संकटमा पर्दा सरकारले आवश्यक सम्बोधन नगरेको उद्योगी व्यवसायीहरुको गुनासो छ । बिहीबार उद्योग संगठन मोरङले उद्योग व्यवसायीहरुको गुनासो, पिरमार्का, समस्यालाई गम्भीरतापूर्व सरकारले सुनेर समयमै सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ ।