Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘नेपालको बैंकिङमा सिस्टेमिक रिस्क आउनसक्छ’

२०७९ माघ ११ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स यशोसिएसन(एनबीए)का उपाध्यक्ष सन्तोष कोइरालाले विश्वव्यापी आर्थिक मन्दीको प्रभावलाई कम गर्न बेलैमा बुद्धिमतापूर्वक कदम नचालिए नेपालको बैंकिङ क्षेत्रमा सिस्टेमिक रिस्क आउनसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा एनबिएका नवनिर्वाचित उपाध्यक्ष कोइरालाले त्यस्तो चेतावनी दिएका हुन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइरालाले बैंकिङमा प्रणालीगत जोखिम जुनसुकै अवस्थामा आउनसक्ने भए पनि त्यसलाई न्यूनिकरण गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले आन्दोलन गरेर र चर्का नारा लगाएर बैंकबाट लिएको ऋण र ब्याज तिर्दिँन भन्न नपाइने समेत प्रष्ट पारे । उनले पुसपछि प्रणालीमा निक्षेप बढ्न थालेकै कारण आफूहरुले निक्षेपको ब्याज समयमै घटाएको प्रष्ट पारे ।

Ad