Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको निर्णयमा सरकारले हस्तक्षेप गर्दैन : अर्थमन्त्री

२०७९ माघ १० गते

बैंकिङ खबर/उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकको निर्णयलाई अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।’ अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले अझै घट्नुपर्नेमा जोड दिए ।

Ad