
बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखा परीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ।
आर्थिक २०७८/७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो समयमा संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


