Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रेमिट्यान्सविज्ञ डिवि अर्याल श्रम मन्त्रीमा नियुक्त

२०७९ माघ ३ गते

बैंकिङ खबर/ रेमिट्यान्सविज्ञ डोलप्रसाद (डिवि) अर्याल श्रम मन्त्रीमा नियुक्त भएका छन् । रास्वपाका उपसभापति समेत रहेका डोलप्रसाद अर्याल समानुपातिक सांसद हुन् । धादिङ घर भएका ४८ वर्षका उनलाई पार्टीले खसआर्यतर्फ पहिलो नम्बरमा राखेको थियो। उनी राजनीतिमा आउनु भन्दा पहिले पर्यटन व्यवसायी थिए भने इजि लिंक रेमिट्यान्सका सञ्चालक समेत हुन् ।

उनले करिव एक दशक शिक्षा क्षेत्रको नेतृत्व सम्हालेका थिए । अर्यालसँग पर्यटन क्षेत्रमा २ दशक भन्दा बढी काम गरेको अनुभव छ । जहाँबाट उनले अरबौं विदेशी मुद्रा नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रेमिट्यान्सको रकम सही प्रयोग होस भनेर ‘रेमिटान्सको रकम उत्पादन क्षेत्रमा लगानी गरौ’ भन्ने नारा सहित देशमा अरबौं रकमको रेमिट्यान्स भित्र्याउन उनले योगदान गरेका छन् ।

अर्याल सहकारी मार्फत नागरिकको आर्थिक अवस्था उकास्ने सहकारी अभियन्ता समेत हुन् । उनले स्वदेश तथा विदेशमा समेत लामो व्यावसायिक अनुभव बटुलेका छन् ।

Ad