January 17th, 2023

विद्यार्थीहरुलाई लक्षित गरी माघ २२ गतेबाट बैंकिङ ट्रेनिङ सञ्चालन हुँदै

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई) ले विद्यार्थीहरुलाई लक्षित गरी माघ २२ गतेबाट बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ ।

पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् । हाल अधिकांश स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भइसकेको छ ।

बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त हुने तर विद्यार्थीमा व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धी पर्याप्त जानकारी नहुँदा समस्या हुने गरेको छ । उक्त तालीम बैंकिङ क्षेत्रमा प्रवेश गर्नको लागि सहयोगी बन्ने बताइएको छ । बैंकिङ करीयरका लागि बैंकले लिने परीक्षा र अन्तरर्वातालाई लक्षित गरी ट्रेनिङ संचालन हुने छ ।

प्रशिक्षणमा विभिन्न बैंकर्सहरु तथा केन्द्रीय बैंकमा विज्ञता पाएका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि 9741803600, [email protected] मा सम्पर्क गर्न सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]