
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश पौडेल पुनः नियुक्त हुनुभएको छ । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले पौडेललाई माघ १ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यलका लागि सिइओमा नियुक्त गरेको हो ।