Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमाको रकम निकासा गर्न अर्थमन्त्रीलाई बीमक संघको आग्रह

२०७९ पुष २९ गते

बैंकिङ खबर/नेपाल बीमक संघले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेटेर कोरोना बीमाको रकम निकासा गर्न आग्रह गरेको छ । संघले सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम निकासा गर्न अर्थमन्त्री पौडेललाई आग्रह गरेको हो ।

निर्जीवन बीमा कम्पनीहरु, नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दायीत्व वापतको रकम भुक्तानी गरिसकेको पनि संघले जनाएको छ ।

यस्तै कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको २.५ प्रतिशत रहेकोमा त्यसलाई बढाएर ४ प्रतिशत योगदान पुर्याउन राज्यले विशेष प्राथमिकताका साथ कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव पनि दिएको छ । सरकारले बीमाको पहुँच बिस्तारको लागि नीति निर्माण गर्दा बीमा क्षेत्रका विज्ञहरुबाट राय लिन समेत संघले आग्रह गरेको छ ।