Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निक्षेपको ब्याजदर माघदेखि घट्ने, कर्जाको वैशाखमा

२०७९ पुष २८ गते

बैंकिङ खबर/ माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । नेपाल बैंकर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले बैंकहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बैङ्कर्स एसोसिएशनले जनाएको छ । राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । त्यसैअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो ।

माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२ दशमलव १३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागततर्फको १० दशमलव १३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ ।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ । कर्जाको ब्याजदर आउँदो वैशाखदेखि मात्रै परिवर्तन हुनेछ ।

Ad