
बैंकिङ खबर/ अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थित रहेको थियो ।
मर्जर पश्चात युनाइटेड र अजोड बीच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।


