
बैंकिङ खबर/नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरुको मर्जको फेरि सेकेण्डस्टेज आउने बताएका छन् ।
मेगा बैंक र नेपाल इन्भेष्टमेण्टले मर्जर प्रक्रिया पूरा गरी आज एकीकृत कारोबारको शुभारम्भ गरेको समारोहमा अध्यक्ष पाँडेले नेपालमा फेरि मर्ज ३–४ वर्षमै बैंकको संख्या घटेर ६–७ वटामा झर्ने बताए ।
‘अहिले मर्जरको फस्ट स्टेज हो, फेरि सेकेन्ड स्टेज आउँछ’, उनले भने, ‘त्यसपछि बैंकको संख्या घटेर ६–७ वटामात्र हुनेछ ।’ मुलुकको जीडीपीको आकारको तुलनामा नेपालमा बैंकको संख्या धेरै रहेको पाँडेको भनाइ थियो। । उनले अरु देशको तुलनामा नेपालमा धेरै बैंक भएको र श्रीलंका, मलेसियामा उनीहरुको जीडीपीको तुलनामा थोरै बैंक रहेको बताए ।बैंक ठूलो भयो भने निक्षेप अझै सुरक्षित हुने पाँडेले बताए ।