
बैंकिङ खबर/ट्रेजरी विल्सको दर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले पुस २५ गते जारी गरेको ट्रेजरी विल्सको दर यस अघिको तुलनामा घटेको छ ।
राष्ट्र बैंककै तथ्यांक अनुसार २८ दिन अवधिको ट्रेजरी विल्सको औसत दर ७.९३३० प्रतिशत कायम भएको छ । यस्तै ९१ दिन अवधिको विल्सको दर १०.६०१७ प्रतिशत कायम भएको छ । १८२ दिन अवधिको विल्सको दर ११.००७९ प्रतिशत कायम भएको छ।
यो दर अघिल्लो पटक बिक्री गरेको दरभन्दा कम हो। अघिल्लो पटक पुस १८ गते जारी गरेको २८ दिन अवधिको ट्रेजरी विल्सको दर ९.१८ प्रतिशत कायम भएको थियो। यस्तै ९१ दिन अवधिको विल्सको दर ११.४१ प्रतिशत र १८२ दिन अवधिको विल्सको दर ११.६५ प्रतिशत कायम भएको थियो।
पछिल्लो केहि समयदेखिनै ट्रेजरीको दर निरन्तर रुपमा घट्दै गएको छ। करिब साढे ११ प्रतिशतसम्म पुगेको २८ दिन अवधिको ट्रेजरी विल्सको दर अहिले घटेर ७.९३ प्रतिशतमा झरेको छ। यसले अल्पकालिन ब्याजदरहरु विस्तारै घट्न थालेको देखाउँछ । सरकारी ऋणपत्रमा बैंकहरुको लगानी पुगेकोले पनि अहिले यसको माग कम रहेको नेपाल राष्ट्र बैंकका सह प्रबक्ता नारायण पोखरेलले बताउनुभयो ।