Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

२०७९ पुष २५ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँको कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ६.७० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।