
बैंकिङ खबर/ अग्रणी स्थानमा रहेको बैंक एनआईसी एशिया बैंकका ग्राहकले विभिन्न तरिकाबाट बैंकिङ्ग गर्न सक्नेछन् । एनआईसी एशिया बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर मर्चेन्ट बैंकिङका माध्यमबाट बैंकिङ्ग गर्न सकिनेछ ।
केहि बैंकिङ्ग गर्ने अन्य तरिकाहरू
मोबाइल बैंकिङ

मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले आफ्नो खातासम्म पहुँच पुर्याउन प्रदान गरिएको एउटा प्लेटफर्म हो । ‘कुनै पनि बेला, कुनै पनि स्थानमा, जसरी पनि’ भन्ने सत्य सुविधासहित मोबाइल बैंकिङ सेवाले मोबाइल फोनमार्फत ग्राहक खाता जानकारी र वास्तविक समय कारोबार क्षमताहरू प्रदान गर्दछ ।
यसले ग्राहकहरूलाई बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरू पनि पठाउने अनुमति दिन्छ । एनआईसी एशियाको मोबाइल बैंकिङ सेवाले ग्राहकहरूलाई निम्न तरिकाले आफ्ना मोबाइलमार्फत विभिन्न जानकारीमूलक र वित्तीय कारोबार गर्ने अनुमति दिएको छ ।
- खाताको जानकारी लिन
- संक्षिप्त विवरण हेर्न
- ग्राहकहरूका दर्ता गरिएका कोषहरू आपसमा स्थानान्तरण गर्न
- कुनै पनि ग्राहकको बैंकभित्रकै खाताहरूका कोष स्थानान्तरण गर्न
- विदेशी सटही दर थाहा पाउन
- एनटीसी ल्यान्ड लाइन र एनटीसी जीएसएम पोस्ट–पेडको बिल भुक्तानी गर्न
- मर्चेन्ट भुक्तानीहरू दिन
मोबाइल बैंकिङ सेवाहरूको क्षेत्र माथि उल्लेखित विशेषताहरूमा मात्र सीमित छैन । तिनीहरूको बजारको स्थिति र ग्राहकहरूका आवश्यकताअनुरूप नयाँनयाँ सेवा तथा सुविधाहरू थप भइरहन्छन् ।
क्यूआर मर्चेन्ट पेमेन्ट
क्यूआर काेर्ड व्यक्तिगत सम्पर्कविना भुक्तानी गर्ने प्रणाली हो । जहाँबाट मोबाइलको माध्यामले क्यूआर कोर्ड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ ।
भाइबर बैंकिङ

भाइबर बैंकिङ भनेको एउटा डिजिटल प्रविधि हो, जसले तपाईंंलाई भाइबरमार्फत प्रत्यक्ष रूपमा बैंकसँग अन्तरक्रिया गरी विभिन्न सेवाहरू लिने अनुमति दिन्छ । भाइबर लोकप्रिय इन्टरनेटमा आधारित क्रस प्लेटफर्म तत्काल म्यासेजिङ र भ्वाइस ओभर आईपी (भीओआईपी) एप्लिकेसन हो । गुगल प्ले स्टोर र एप स्टोरमा रहेको यसलाई निःशुल्क प्राप्त गर्न सकिन्छ ।
यो तपाईंंको भाइबर एपमा उपलब्ध हुने भएकाले तपाईंंले छुट्टै भाइबर बैंकिङ इन्स्टल गर्नु पर्दैन । जेहोस्, तपाईंंको उपकरणमा यदि पहिले नै भाइबर एप इन्स्टल गरिएको छैन भने त्यसलाई इन्स्टल गर्नुपर्छ । सेवा प्रयोगका लागि तपाईंंले सजिलैसँग आफ्नो नियमित भाइबर एप चालू गरेर हाम्रो बैंकको सर्वसाधारण खाता सबस्क्राइब गर्नुपर्छ ।
कसरी भाइबर बैंकिङ प्रयोग शुरू गर्ने ?
यो सेवा शुरू गर्न तपाईंंले आफ्नो भाइबर एपमा सर्च गरी बैंकको सर्वसाधारण खाता सबस्क्राइब गर्नुपर्छ । भाइबर बैंकिङ सबस्क्राइब गर्न यी चरणहरू पालना गर्नुहोस् ।
- आफ्नो उपकरणमा भाइबर एप शुरू गरेपछि आइकनलाई ट्यापिङ गरी सर्वसाधारण खाता (पब्लिक एकाउन्ट) मा जानुहोस् ।
- आइकन ट्याप गरी खाली स्थानमा ‘बैंकको नाम’ मा प्रवेश गरी बैंकको पब्लिक एकाउन्ट खोज्नुहोस् ।
- बैंकका लागि पब्लिक एकाउन्ट डिस्प्ले हुनेछ । आइकनलाई ट्याप गरी बैंकको पब्लिक एकाउन्ट सबस्क्राइब गर्नुहोस् ।
- एकचोटि सबस्क्राइब भएपछि सम्बन्धित आइकन आइकनमा परिणत हुनेछ र तपाईंंले आफ्नो एपमा वेलकम नोटिफिकेसन पाउनुहुनेछ ।
भाइबर बैंकिङमा विभिन्न सेवाहरू प्रयोग गर्नका लागि तपाईंंले बैंकको पब्लिक एकाउन्टसँग कुराकानी शुरू गर्नुपर्छ । बैंकलाई ‘हाइ’ वा ‘हेल्लो’ म्यासेज पठाएर बैंकसँग एक्लाएक्लै वार्ता गर्नुहोस् । तपाईंंले तत्कालै प्रतिक्रिया पाउनुहुनेछ । र, तपाईंलाई अन्तरक्रियात्मक मेनु उपलब्ध हुनेछ । भाइबर बैंकिङ प्रयोग गर्न सम्बन्धित मेनु बटन ट्याप गर्नुहोस् ।
भाइबर बैंकिङका लागि दर्ता गर्न यी चरणहरू पालना गर्नुहोस्:
- बैंकको पब्लिक एकाउन्ट छान्नुहोस् र आइकनमा ट्यापिङ गरी कुराकानी शुरू गर्नुहोस् ।
- त्यसपछि स्क्रोल गर्न सक्ने मेनु आइटम ल्याउन च्याट इन्टरफेसमार्फत बैंकलाई ‘हाइ’ वा ‘हेल्लो’ सन्देश पठाउनुहोस् ।
- बैंकलाई दर्ता अनुरोध पठाउनका लागि रजिस्टर बटनमा ट्याप गर्नुहोस् ।
- तपाईंले आफ्नो दर्ता गरिएको मोबाइल नम्बर इन्टर गर्नुहोस् र प्रोम्पटेड भएपछि पठाउनुहोस् ।
- तपाईंंको मोबाइलमा तपाईंंले एसएमएसको रूपमा छ अंकको दर्ता टोकन पाउनुहुनेछ ।
- प्रोम्पटेड हुनासाथै ५ अंकको टोकन पठाउनुहोस् ।
- बैंकले तपाइलाई तपाईंं सफलतापूर्वक दर्ता हुनुभयो भन्ने कन्फर्म म्यासेज पठाउँछ ।
अब तपाईंंले भाइबर बैंकिङमार्फत खातासँग सम्बन्धित सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ ।
एनआईसी एशिया बैंक
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको छ । यस बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैँकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।