
बैंकिङ खबर/ मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरिएको छ।
यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर बिक्री खुला गरेको छ।
आयोजना प्रभावित क्षेत्रकाका लागि जारी गरिने कुल कित्तामध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिनेछ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
स्थानीयले भने छिटोमा माघ ३ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने माघ १८ गतेसम्म बिक्री खुला गरिनेछ।
स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। मोलुङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
यसैबीच एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीयले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं। ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर रहेको छ।
कम्पनिले अति प्रभावित क्षेत्रका वासिन्दाका लागि बिक्रीमा ल्याएको शेयरमा ५ हजार ६२८ जना आवेदकबाट ३ लाख ५५ हजार १४० कित्ता शेयर खरिदको लागि आवेदन परिसकेका छ भने सामान्य प्रभावित क्षेत्रका वासिन्दाका लागि बिक्रीमा ल्याएको आइपीओमा १ हजार ३१८ जना आवेदकबाट, १ लाख ७१ हजार ५०० कित्ता शेयर खरिदको लागि आवेदन परिसकेको छ।
यसका साथै सर्वसाधारणमा निष्काशन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थिया। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निश्काशन गरीको शेयरको भने पुस १२ गते देखि नै बिक्री बन्द भइसकेको छ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।