Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिटरब्याजीलाई कारबाही गर्न कडा कानुन बन्दै, मस्यौदा तयार

२०७९ पुष १८ गते

बैंकिङ खबर/मिटरब्याजीलाई कारबाही गर्न कडा कानुन बन्ने भएको छ । यसअघिको कानुनले कारबाहीको दायरामा ल्याउन समस्या भएपछि गृह मन्त्रालयले कानून नै संशोधन गर्न लागेको हो । मस्यौदा समितिले एक महिना पहिले कानुन संशोधनका लागि मस्यौदा तयार पार्ने जिम्मा पाएको थियो । मस्यौदालाई अन्तिम रुप दिने समितिको तयारी छ ।

गृह मन्त्रालयले कानुन संशोधनका लागि सहसचिव भिष्मकुमार भुसालको नेतृत्वमा मस्यौदा तयारी कार्यदल बनाएको थियो। कार्यदलले मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको हो। मस्यौदा तयार भइसकेपछि गृह मन्त्रीले कानुन संशोधनका लागि प्रक्रिया अगाडी बढाउने छन्।

यसअघि भुसाल नेतृत्वको समितिले पीडितका समस्या अध्ययन गरेको थियो। कार्यदलले अहिलेको कानुन अनुसार कारबाही गर्न समस्या रहेको निस्कर्ष निकालेपछि कानुन संशोधनको प्रक्रिया थालिएको थियो। सरकारले मिटरब्याजबाट पीडितका उजुरी संकलन गर्ने अभियान नै चलाएको थियो। सरकारले आह्वान गरेपछि उजुरी दिए पनि पीडितलाई न्याय दिलाउन समस्या भएको भन्दै गृहले यस्तो तयारी थालेको थियो।

Ad