Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बीमा क्षेत्रमा शङ्कास्पद कारोवार नियन्त्रण गर्न कानून बमोजिम काम गर्नुपर्छः अध्यक्ष सिलवाल

२०७९ पुष १५ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोवार नियन्त्रणका लागि कानुन बमोजिम काम गर्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरूद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोवार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोवार गर्न, शङ्कास्पद लगानीकाबारेमा जानकारी दिन परिपालन अधिकृतको मात्र भर नपरी प्रमुख कार्यकारी अधिकृत स्वयम जवाफदेही बन्न र आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।

नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाई (एफआईयू) का प्रमुख दीर्घबहादुर रावलले कानुनी र आर्थिक रूपले उद्देश्य स्पष्ट नभएका लगानी जोखिम युक्त हुने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र कारोवारमा शङ्का लाग्ने वित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए ।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमा क्षेत्रमा शङ्कास्पद लगानी भित्रिन नदिनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने कार्यहरू सम्बन्धी प्रस्तुती दिएका थिए ।

Ad