Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सद्वारा एजीएम आह्वान

२०७९ पुष १४ गते

बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दसौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदूरस्थित क्राउन होटेल हारतीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले बोनस सेयर वितरणपछि सस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।