Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे र मिर्मिरे लघुवित्त मर्ज हुने

२०७९ पुष १२ गते

बैंकिङ खबर/ नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्ज हुने भएको छ । दुवै लघुवित्तबीच मर्जर समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले एक आपसमा मर्ज हुन पुस ११ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेरुडेले ११२ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२१ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।