December 26th, 2022

वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्नेछुः अर्थमन्त्री पौडेल

बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताउनुभएको छ । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उहाँले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताउनुभयो ।

उहाँले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताउनुभयो । पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गर्नुभएको छ । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । उहाँले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]