December 26th, 2022

अर्थमन्त्री बन्दै विष्णु पौडेल

बैंकिङ खबर/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने सरकारमा नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पठाउने भएको छ । सत्ता गठबन्धनको भर्खर सम्पन्न बैठकमा एमालेबाट पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिने सहमति भएको हो ।

उता माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय बैठकले गरेको छ। गठबन्धनमा सहभागी दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरेका छन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]