Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

राष्ट्र बैंकद्वारा साधना लघुवित्तको लाभांश स्वीकृत

२०७९ पुष ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद सहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले पारित गरेको छ ।

यस्तै शुकबार बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभाका लागि भन्दै पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सभामा लाभांशका साथै साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।